शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित दाङमा एक युवा पक्राउ

शुक्रबार, १९ मङ्सिर २०७७, ०८ : १२
शुक्रबार, १९ मङ्सिर २०७७

तुलसीपुर । तुलसीपुरवाट विभिन्न खाले प्रतिबन्धित लागुऔषध ट्यावलेटसहित प्रहरीले  एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ आकाशे निवासी २५ बर्षीय देवबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लागु औषध बित्री वितरण गर्नको लागि खड्का रा १ ख १६८२ नम्बरको बसबाट तुलसीपुर आएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बुधवार विहान ७ बजेतिर उनी पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रहरी निरिक्षक झविन्द्र परियारको कमाण्डमा खटिएको प्रहरीले तुलसीपुर ५ वर्ष पार्क क्षेत्रबाट पक्राउ गरेको थियो । बसभित्रै बसिरहेका खड्कालाई खानतलासी गर्ने क्रममा झन्डै साढे ४ सय जति विभिन्न प्रतिवन्धित ट्याबलेटहरु बरामद भएको प्रहरीले जनाएको छ ।

खड्कालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप