बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

११ करोडको पुरस्कार जितेर आधा रकम बाँड्ने यी शिक्षक

शुक्रबार, १९ मङ्सिर २०७७, ०६ : ५८
शुक्रबार, १९ मङ्सिर २०७७

एक भारतीय शिक्षकलाई बालिकाको शिक्षा उत्कृष्ट बनाउन भूमिका निर्वाह गरेका कारण ‘ग्लोबल टिचर प्राइज’ बाट सम्मानित गरिएको छ ।

रणजीत सिंह डिसलेले पुरस्कार पाउने बित्तिकै पुरस्कार राशी १० लाख डलर (११ करोड) मा आधा रकम उप–बिजेतासँग बाँड्ने घोषणा गरे ।

यस्तै स्पेशन कोभिड हिरोको पुरस्कार बेलायतका एक शिक्षक जेमी फ्रस्टलाई प्रदान गरिएको छ । उनलाई यो पुरस्कार निःशुल्क गणितको ट्युशनका लागि वेबसाइट चलाएका कारण दिइएको हो ।

यो पुरस्कारको घोषणा एक अनलाइन कार्यक्रममा अभिनेत्र स्टिफन फ्राइले गरेका हुन् ।

महाराष्ट्रको सोलापुर जिल्लाको परितेवाडीका एक जिल्ला परिषद प्राथमिक विद्यालयमा रणजीत शिक्षक हुन् । यो पुरस्कारका लागि उनीसँगै १२ हजार शिक्षकको नाम समावेश थियो ।

‘शिक्षा जन्म सिद्ध अधिकार’

३२ वर्षका डिसलेले भने, ‘यो अप्ठेरो परिस्थितीमा शिक्षकले हरेक बालबालिकाले शिक्षाको जन्म सिद्ध अधिकार पाउन सकून् भनेर हर सम्भव कोसिस गरिरहेका छन् ।’

उनले भने, ‘शिक्षक सधैं दिने र बाँड्ने कुरामा विश्वास गर्छन्’, त्यसैले मैले आफ्नो आधार रकम ती शिक्षकलाई बाँड्ने निर्णय गरेको छु जसले यो पुरस्कारका लागि शीर्ष–१० मा स्थान बनाउनुभयो ।’

डिसलेले छात्रा विद्यालय आउने वातावरण मिलाएर उनीहरुको बाल विवाह हुनबाट रोकेको र बालिकाको पढाईमा राम्रो परिणाम प्रदान गर्न मिहिनेत गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यसबाहेक उनी ८३ देशमा अनलाइन विज्ञान पढाउँछन् र एक अन्तर्राष्ट्रिय परियोजना चलाउँछन् जसमा संघर्ष क्षेत्रका युवा शिक्षाका लागि सँगै जोडिन सकून् ।

या प्रतियोगिताको सहयोगी यूनेस्कोकी सहायक महानिर्देशक स्टेफानिया जियानिनीले भनिन्, ‘पूरा संसारभरी कोभिड महामारीले शिक्षा प्रणालीलाई एक गम्भीर झट्का दिएको छ । तर यस्तो मुश्किल समयमा पनि शिक्षकको योगदानले धेरै नै असर पारिरहेको छ ।’

यो पुरस्कारलाई वार्के फाउन्डेशनले आयोजना गर्छ । यसका संस्थापक सनी वार्केले यो पुरस्कार बाँडेर संसारलाई दिनुको अर्थ बुझाउँछिन् ।

कोभिड हिरोः

पुरस्कारको रकम बाँड्नुको अर्थ पुरस्कारको रकमको ४०–४० हजार पाउन्ड इटली, ब्राजिल, भियतनाम, मलेसिया, नाइजेरिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अमेरिकाका उप–बिजेतासमेत बेलायतको जेमी फ्रस्ट समक्ष जानेछ ।

फ्रोस्ट किङ्स्टन–अपान–टेम्सका टिफिन स्कूलका शिक्षक हुन् । उनको अनलाइन प्लेटफर्म डाक्टर फ्रोस्ट म्याथ्स अनलाइन चलाएकोमा निकै प्रशंसा भएको छ । यसमार्फत् ती परिवारको बच्चालाई निकै फाइदा पुगेको छ जो लकडाउनमा घरमा नै बसेर पढ्न चाहन्छन् ।

उनले ३४ हजार पाउन्डको कोभिड हिरो पुरस्कार जितेका छन् ।

यो गणितका शिक्षकले भने, ‘म आफ्नो हरेक घण्टा प्रयोग गर्छु ता कि पूरा दुनियाँ म आफ्नो निःशुल्क अनलाइन प्लेटफर्ममार्फत् ती विद्यार्थीलाई मद्दत गर्न सकूँ जसको विद्यालय बन्द छन् ।’

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रोस्टको ‘रचनात्मक र सरलता’ का साथै पुरस्कार जित्ने शिक्षकको प्रशंसा गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप