मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबार कुन राशि भएकाहरुले के गर्ने, के नगर्ने ?

शुक्रबार, १९ मङ्सिर २०७७, ०५ : ५७
शुक्रबार, १९ मङ्सिर २०७७

विसं २०७७ साल मङ्सिर १९ गते । शुक्रबार । इस्वी सन् २०२० डिसेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मङ्सिर कृष्णपक्ष । तिथि–चतुर्थी,  २८ घडी ०१ पला,  बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–पुनर्वशु,  १४ घडी ४१ पला,  दिउँसो १२ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग–शुक्ल,  ०८ घडी ५६ पला,  बिहान १० बजेर १५ मिनेट उप्रान्त ब्रह्म । करण–बालव,  बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त कौलव,  रातको ०५ बजेर ४४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग ।

चन्द्रराशि–कर्कट । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०४ पला ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) ः आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । छातीसम्बन्धी सामान्य समस्या आउन सक्छ । ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) ः दाजुभाइ तथा छिमेकीसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा अवरोधको सामना गर्नुपर्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्इंको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा विश्वास घात हुन सक्छ, ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्न केही समय पर्ख र हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ  ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) ः व्यापार व्यावसायमा बढोत्तरीको योग छ भने आम्दानीका स्रोत फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेका लागि समय उत्तम छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) ः राजनीति तथा समाज सेवामा सम्मानजनक स्थान पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एकअर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरूभन्दा पछि परिने अधिक सम्भावना छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) ः लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) ः आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामीप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाइड्रो, पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) ः ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ख्याल गर्नुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनुपर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) ः लगनशील तथा इमानदारिताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना छ । लामो समयदेखि रोकिएर बसेका काम बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरीको गतिलो योग छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) ः परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, अप्रिय घटना हुन सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) ः पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाइलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) ः न्यायिक निर्णयहरु तपाईंको पक्षमा हुनेछैनन् भने वादविवाद तथा प्रतिस्पर्धामा भाग लिए हारिने सम्भावना छ । पुराना समस्या बल्झन सक्छन्, ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । मामा तथा मावली पक्षसँग विवाद बढ्ने योग छ । व्यापारमा अरू दिनभन्दा बढी नै समय लगानी गर्नुपर्ने हुनसक्छ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) ः पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पत्ति हातलागी हुने योग छ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपार्इंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप