मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बेला प्रकाशनका दुई सार्थक कृतिहरु

शुक्रबार, १९ मङ्सिर २०७७, ०२ : ३७
शुक्रबार, १९ मङ्सिर २०७७

 

कोरोना महाव्याधिका प्रचण्ड कहरबीचसंसारका सम्पूर्ण गतिविधिहरु नराम्ररी प्रभावित भइरहेका छन् । भइरहेका संस्था–प्रतिष्ठानहरुका आर्थिक गतिविधिहरु डाँवाडोल भएका छन्, करोडौं मानिसहरुले रोजगारी गुमाएका छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । यस्तो विषम परिस्थितिमा पनि स्वरोजगारीका गोरेटो खन्दै केही उत्साही युवाहरु जोशिएर ‘प्रगतिशील’ सामग्रीहरुको प्रकाशन कार्यमा हात हालेका छन् । र, त्यसैक्रममा आफ्नो नाम ‘बेला’लाई सार्थक तुल्याउँदै दुई पठनीय कृतिहरु ‘जात वार्ता’ र ‘कोरोना कैरन’ लिएर बजारमा देखापरेको छ ।

जातवार्ताका लेखक आहुति हुन् भने कोरोना कैरनका खगेन्द्र संग्रौला । दुवै नामहरु नेपालका प्रगतिवादी लेखनका स्थापित र सिद्धहस्त नाम हुन् । र, दुवै पुस्तकमा उठाइएका विषयवस्तुहरु, नेपालका जातीय समस्याका गम्भीर पहलुहरु तथा कोरोना कैरनका कारण भुइँतहका मानिसहरुले भोगिरहनु परेका समस्याहरुमा आधारित छन् ।

पुस्तक प्रकाशन आफैंमा एउटा गम्भीर र चुनौतीपूर्ण कार्य हो । विशेषतः यतिखेर प्रगतिशील सामग्रीहरुको सन्दर्भमा पठन संस्कृति खस्किएको आवाज बढिरहेको छ । बजारलाई चर्को स्वरमा हल्लाखल्ला गरी झ्याली पिटेर प्रबर्द्धन गरिने ‘‘बजारु’ पुस्तकहरुले कब्जा गरिरहेको गुनासाहरु उठिरहेका बेलामा सार्थक र प्रगतिशील आवाज बोक्ने पुस्तकहरुको प्रकाशन गर्नु आफैंमा दुरुह र जोखिमपूर्ण कार्य हो । यस अर्थमा बेला प्रकाशनले माथि उल्लिखित दुई पुस्तकहरु प्रकाशन गरेर साहसिलो काम गरेकै हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप