मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रुसमा एकैदिनमा २८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बिहीबार, १८ मङ्सिर २०७७, २३ : २८
बिहीबार, १८ मङ्सिर २०७७

एजेन्सी । रुसमा कोरोनाभाइरसबाट एकैदिनमा थप २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा २८ हजार १४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । यसअघि अघिल्लो दिन एकैदिनमा २५ हजार ३४५ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या २३ लाख ७५ हजार ५४६ पुगेको छ । 

यसअघि गत नोभेम्बर २७ तारिखमा एकैदिन २७ हजार ५४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । “पछिल्लो २४ घण्टामा रुसमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या २८ हजार १४५ थपिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् । 

थपिएका सङ्क्रमितहरु मध्ये सात हजार ७५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै थपिएको पनि अधिकारीहरुले जनाएका छन् ।  यस अवधिमा रुसमा थप ५५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन यो भन्दा धेरै ५८९ जनाको मृत्यु भएको थियो ।  कोरोनाभाइरस विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजार ६०७ जनाको मृत्यु भइसकेको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप