मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाका कारण ६० हजार बढीको मृत्यु

बिहीबार, १८ मङ्सिर २०७७, २२ : ५५
बिहीबार, १८ मङ्सिर २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बिहीबार साँझसम्म ६० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा  थप ४१४ जना नयाँ कोरोनासंक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० हजार ११३पुगेको हो ।

कोरोनाका कारण ज्यान गुमाउने संख्याको आधारमा बेलायत युरोपियन मुलुकमध्येअग्र स्थानमा रहेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १६ लाख ७४ हजार नाघेको छ । आज  सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप १४ हजार ८७९ जनामा कोरोना पुष्टि भएको छ । 

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ३५० जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३१५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेकोस्वास्थ्य विभागले जनाएको छ । हाल १५ हजार २३६  जनाको हस्पिटलमा उपचारभइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप