शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कहरः अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

बिहीबार, १८ मङ्सिर २०७७, २२ : १९
बिहीबार, १८ मङ्सिर २०७७

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ । 

कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि गत अप्रिल १५ मा एकैदिन सबैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा दुई हजार ६०३ जनाको मृत्यु भएको थियो । 

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमितहरु अझै पनि अस्पतालमै रहेका छन् ।  

अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालिन सेवाका लागि ९११ जनाको फोन आएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप