शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

बिहीबार, १८ मङ्सिर २०७७, २१ : ०४
बिहीबार, १८ मङ्सिर २०७७

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–१ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीको क्रिमसन अस्पताल मणिग्राममा आज मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदह–१० चरङ्गे चोकमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३ – ०३– ००१ ख ००५९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

टिपर र कार ठोक्किँदा दुईको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–४ मा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार आज एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गुलरिया नगरपालिका–४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी १८ वर्षीय निधी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

दुर्घटनामा गुलरिया–४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीय कृतिका सुनार तथा कञ्चनपुरकी २५ वर्षीया कमला सुनार गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप