बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास’

बिहीबार, १८ मङ्सिर २०७७, २० : १०
बिहीबार, १८ मङ्सिर २०७७

झापा । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर गरिन् ।

गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले  बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आरोप लगाइन् । ‘‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उनले भनिन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उनले बताइन् । नेपाली काँग्रेसका उपसभापति राम कट्टेलले  घटना भत्र्सनायोग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप