
महत्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मन्त्रीको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले ठूला र महत्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिकको प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताए ।
आयोजना क्षेत्र तथा प्रभावित क्षेत्रमा देखिने सबै समस्या सल्टाएर निर्माण थाल्ने हो भने कम्तिमा आठ वर्ष पछि आयोजना बन्ने भन्दै साना समस्यामा नअल्झन मातहतका निकायहरुलाई निर्देशन दिए । भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुन र खर्चको अपेक्षा गरिनु पनि स्वभाविक भएको बताए ।
समीक्षा बैठकमा आयोजना प्रमुखहरुले स्थानीयस्तरमा प्रभावित क्षेत्रका जनता र उपभोक्तालाई समितिहरुले विभिन्न मागहरु राखी काम गर्न असहज बनाएको गुनासो गरेका थिए । सरकारले अनुुकूल वातावरण भएका राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजनामा पनि उल्लेख्य प्रगति गर्न नसकेको आलोचना खेप्दै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ