मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मोडल नीना सरकारले कपाल दान गर्दै, गरिन् मुन्डन

बिहीबार, १८ मङ्सिर २०७७, १८ : ४३
बिहीबार, १८ मङ्सिर २०७७

मुम्बई । फिल्म ‘मनी देवो भव’को ‘लेजा रे’ गीतमा मोडलिङ गरेर चर्चामा आएकी मोडल नीना सरकारले आफ्नो कपाल दान गरेकी छन् । उनले आफ्नो पुरै टाउको मुन्डन गरेर कपाल दान गरेकी हुन् । दानका लागि उनले टाउकाको सबै कपाल आफंैले ट्रिमर मार्फत काटेकी हुन् । आफैंले कपाल काट्दै गरेको तीन भिडियोसमेत उनले सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् ।

‘निकै राम्रो कपाललाई बाई गर्न जाँदैछु । तिम्रो कारणले मैले धेरै पैसा कमाएकी छु । तिम्रो सेवाका लागि धन्यवाद । अब म आफ्नो कपाल शेव गर्न जाँदैछु’ उनले कपाल काट्नु पहिले भिडियोमा अगाडि भनेकी छन्– ‘तपाईहरु सोच्दै हुनुहोला म यसलाई बेच्दैछु । तर, होइन म यसलाई दान गर्न शेव गर्दैछु ।’

उनले एक भिडियोमा लेखेकी छन् ‘सुपर डिमान्डको आधारमा’ । फ्यानले उनको यो भिडियो निकै मन पराएका छन् । केटीका लागि आफ्नो मुन्डन गर्नु भनेको निकै मुस्किलको काम हो । त्यसैले पनि उनको यो सहासी कदमको फ्यानले प्रशंसा गरिरहेका छन् ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप