बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म हल अझै नखोल्न सरकारको अनुरोध

बिहीबार, १८ मङ्सिर २०७७, १८ : ०५
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । कोरोनाको कारण बन्द भएका सबै क्षेत्र खुलिसकेका छन् । तर, फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । त्यसैले पनि फिल्मसँग सम्बन्धित सबै संघसंस्था फिल्म क्षेत्र खोल्नतिर लागि परेका छन् । सरकारले भने अझै फिल्म हल नखोल्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित पत्रकार सम्मेलनमा अझै फिल्म हल नखोल्न आग्रह गरेका हुन् ।  उनले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हल, रात्रीकालिन व्यवसाय, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसायीहरु नखोल्न आग्रह गरेका हुन् ।

अझैं १५ दिन स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा समेत उनको जोड रहेको थियो । कार्यक्रममा गौतमले सभा, सम्मेलन, भेला, धर्ना, घेराउ जस्ता क्रियाकलाप समेत नगर्न सुझाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप