मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सहकारीको पहिलो उत्पादन ‘चामल’ बजारमा

बिहीबार, १८ मङ्सिर २०७७, १७ : ५५
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । सहकारी संस्थाबाट उत्पादित पहिलो ‘चामल’ बजारमा आएको छ । झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था र भक्तपुरको टेवा कृषि सहकारी संस्थाको सहकार्यमा चामल बजारमा आएको हो । यी दुई संस्थाले सहकार्यको माध्यमबाट कारोबार गर्ने गरी सम्झौता गरेर चामल बजारमा ल्याएका हुन् । त्यसो त सहकारीमार्फत बजारमा ल्याइएको यो नै पहिलो चामल हो । 

यसरी अन्तर सहकारी कारोबारबाट सुरुवात गरिएको उत्पादनले कृषकको धान नबिक्ने र बिचौलियाबाट ठगिने समस्याको समाधान हुने संस्थाहरुले अपेक्षा लिएका छन् ।  विगततमा किसानले उत्पादन गरेको धानले मूल्य मात्र नभएर बजार समेत पाउन नसक्ने अवस्था रहने गरेको भन्दै अन्तरसहकारी कारोबारबाट सुरु गरीएको चामलले कृषको समस्या समाधान हुने व्यवसायी संस्थाहरुले बताएका छन् । सो कार्यले धानको मूल्य मात्र हैन अब सहकारीले लिने मुनाफाको केही हिस्सा समेत कृषकले पाउने सहकारीले बताएका छन् ।

साना किसानहरुबाट उत्पादित धान कृषकहरुको खेतबाटै उठाएर प्रशोधन गरी वजार ब्यवस्थापन गर्ने र विचौलियाको मनोमानिको अन्त्य हुने टेवा कृषि सहकारी संस्था भक्तपुरका लेखा समितिका संयोजक गंगाप्रसाद ख्याजुले बताए । सोही अवसरमा ख्याजुले स्थानीय खाद्य तथा तरकारी बजारसँग समन्वय गरेर अब राजधानी भित्रको बजार व्यवस्थापन समेत गरिने बताए । 

यता पहिलो पाइला सहकारी सहकारीले विचौलियाको अन्त्य गर्न भक्तपुरको टेवा कृषि सहकारी मात्र हैन मोरङको उर्लावारी नगरपालिकामा रहेको फक्ताङ्लुङ कृषि सहकारीसँग समेत सहकार्य गरीने पहिलो पाइला सहकारी भद्रपुरका खाद्यान्न ब्यवस्थापन उपसमितीका संयोजक पुष्प पोखरेलले बताए ।

भक्तपुरमा रहेको टेवा कृषि सहकारीले यसअघिसम्म गाई पालन, वाख्रा पालनका क्षेत्रमा रहेर काम गर्दै आएको छ भने पहिलो पाइला बहुउद्देश्यीय सहकारीले सामुहिक खेतीको सुरुवात गरेको छ । टेवा कृषि सहकारीले नुवाकोटमा ४० रोपनी जग्गा लियर विभिन्न ब्यवसायिक खेतिको सुरुवात समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप