शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भेरी अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

बिहीबार, १८ मङ्सिर २०७७, १७ : ४२
बिहीबार, १८ मङ्सिर २०७७

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षिय वृद्धको उपचारकै क्रममा आज बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप