शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२० महिनापछि बोइङ ७३७ म्याक्सले अमेरिकामा उडान सुरु गर्दै

बिहीबार, १८ मङ्सिर २०७७, १७ : १७
बिहीबार, १८ मङ्सिर २०७७

एजेन्सी । बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।  अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकी राज्य टेक्सासको डल्लासबाट सञ्चारकर्मीहरूसहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गरेको हो ।

अमेरिकी संघीय उड्डयन प्रशासनले गत महिना बोइङको चौँथो पुस्ताको विमान बोइङ ७३७ म्याक्सलाई व्यवसायिक उडानका लागि मार्ग प्रशस्त गरेको थियो । इन्डोनेसिया १८९ र इथियोपियामा १५७ गरी ३४६ यात्रुसहित दुर्घटनाग्रस्त भएको म्याक्सले सन् २०१९ को मार्चदेखि आफ्ना विश्वभर रहेका विमानको  सेवालाई रोकेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप