बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चियाको अध्ययन तथा परीक्षण केन्द्र शिलान्यास

बिहीबार, १८ मङ्सिर २०७७, १६ : ४३
बिहीबार, १८ मङ्सिर २०७७

पशुपतिनगर । नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु भएको छ ।  सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर १ सरकारको ८० प्रतिशत लगानीमा सो केन्द्र निर्माण शुरु भएको हो । रु २३ करोड लगानीमा निर्माण शुरु भएको केन्द्रको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्दै देशभर उत्पादन हुने चिया गुणस्तर जाँच गरी विश्व बजारमा पुर्याइने भएकाले केन्द्रले नेपाली चियाको प्रवद्र्धनमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे । 
    
कार्यक्रममा प्रदेश नं १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले केन्द्रमा प्रदेश सरकारको लगानी भए पनि देशभरको चियाको गुणस्तर जाँच हुने बताए । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले  केन्द्रबाट चियाको अन्तरराष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने बताए ।

प्रदेशसभा सदस्य काजीमान कागतेले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने केन्द्रले इलामको मात्रै नभएर देशभरका चियाखेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोबल बढ्ने बताए । कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा केन्द्र निर्माण हुनेछ । सूर्योदय –७ मा १८ महिनामा केन्द्र निर्माण सम्पन्न भइसक्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप