मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

बिहीबार, १८ मङ्सिर २०७७, १६ : २४
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौंको बानेश्वरमा सन्जिव लामालाई खुकुरी हानेर भागेका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक बाँसबारी घर भएका अम्बिर लामा उर्फ अमिरलाई घटना भएको बाह्र बर्षमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए ।

अम्बिर सहितका ५ जना मिलेर काभ्रेपलाञ्चोक स्थित शिखर अम्बोटे घर भएका सन्जिबलाई खुकुरी हानेर सख्त घाइते बनाएका थिए । सन्जिव अहिले विदेशमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप