केन्द्रीय संस्करण

इलाममा लकडाउन घोषणा

person explore access_timeमंसिर १८, २०७७ chat_bubble_outline0

काठमाडौं । इलाम नगरपालिकामा शुक्रबारदेखि लकडाउन घोषणा गरिएको छ । इलाम नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १९ गतेदेखि २४ गतेसम्म लकडाउनको घोषणा गरेको हो । कोरोना भाइरस महामारीका कारण नगर क्षेत्रमा केही व्यक्तिको मृत्यु भएको र केही व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएका कारण लकडाउनको घोषणा गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा –खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा) बाहेक अन्य सम्पूर्ण सेवाहरु स्थगित गर्ने जनाइएको छ । त्यस्तै २१ गतेदेखि शुरु हुने कक्षा ११ को परीक्षाको कार्यतालिका परिवर्तन गरी २६ गतेदेखि सञ्चालन गराउन समेत दिर्नेशन दिइएको छ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.