
अब सीडीओलाई तनहुँ बस्ने अधिकार छैन : प्रदीप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र प्रधानमन्त्री केपी ओलीमा कुनै फरक नभएको बताएका छन् । तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले ओलीले संविधान कानुन सबै आफै हुँ भन्ने अहम् देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताए ।
उनले तनहुँका सीडीओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए ।
सीडीओ आचार्यसँग सीडीओ हुने योग्यता नपुगेको आरोप लगाउँदै पाैडेलले भने, ‘सीडीओ साव अब तनहुँमा नबस्नुहोला । रामचन्द्र पौडेल जत्तिको मान्छेलाई मैले पुल उद्घाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन । हिजो पुल उद्घाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको ? जनसागर देखेर डराउनुुभयो । त्यसैले तपाईसँग सीडीओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’
उनले तनहुँका सांसद किसान श्रेष्ठ पञ्चायत र गणतन्त्रमा पनि नलडेको व्यक्ति भएकाे दावी गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ