शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर कारागारको सुरक्षामा खटिएका दुई प्रहरी निलम्बित

बिहीबार, १८ मङ्सिर २०७७, १५ : १६
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । चितवनको भरतपुर कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य बहादुर थापाले रातोपाटीलाई बताए ।

कैदी रेशमलाल श्रेष्ठ भागेको घटनामा मिलेमतो गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई निलम्बन गरेको हो । मंसिर ११ मा साँझ जबर्जस्ती करणी मुद्धाका ४५ वर्षीय रेशमलाल १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।

सो घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकेको छ ।

कालिका नगरपालिका घर भएका कैदी रेशमलालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साउन २० मा जबरजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानका लागि कारागार पठाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप