बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नख्खु खोलामा पुल निर्माण गरिने

बिहीबार, १८ मङ्सिर २०७७, १४ : ५०
बिहीबार, १८ मङ्सिर २०७७

ललितपुर । गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ । गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरे । कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रु तीन करोड १५ लाख ९४ हजार ४६८ रकम खर्च गर्ने बताए । उनले भने, “यसका लागि चालू आर्थिक वर्षमा रु एक करोड ८० लाख रकम विनियोजन भइसकेको छ ।” 

पुल निर्माणको जिम्मा सिभाको महर्जन जेभी, ललितपुरले बोलपत्र लिएर नगरपालिकासँग सम्झौतासमेत गरिसकेको महर्जनले जानकारी गराए । उक्त पुल निर्माण सम्पन्न भएपश्चात गोदावरी वडा नं ७ देवीचौर, ८ डुकुछाप र ९ छप्पीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । नगरपालिकाले निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता गरे बमोजिम चापागाउँ छम्पी जोड्ने पुलको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ १८ मिटर र चौडाइ छ मिटरको हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप