बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा खटपटपछि शीतलनिवास पुगे प्रधानमन्त्री

बिहीबार, १८ मङ्सिर २०७७, १४ : २६
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन् । ओली केहीबेर अघि शीतलनिवास पुगेको शीतलनिवास स्रोतले पुष्टि गरेको छ ।  सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओली पार्टीभित्र खटपट भएपछि राष्ट्रपतिको सुझाव लिन शीतलनिवास जाने गर्छन् । 

प्रधानमन्त्री ओलीले आजै अपरान्ह मन्त्रिपरिषद बैठक समेत बोलाएका छन् । चार बजे बोलाइएको मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप