बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनमोर्चाले भन्यो - राजावादीको आन्दोलनलाई हल्कारुपमा नलिऔं

बिहीबार, १८ मङ्सिर २०७७, १३ : ३०
बिहीबार, १८ मङ्सिर २०७७

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अहिले देशभर चलिरहेको राजावादीको आन्दोलनलाई हल्कारुपमा लिन नहुने बताएको छ । 
केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- राजावादीहरुको अहिले देशमा बढिरहेको गतिविधिलाई हल्कारुपमा लिनु अदूरदर्शीता हुनेछ । त्यसप्रकारका गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र पक्षधर शक्तिहरुको ऐक्यबद्धता आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।

राजावादी र हिन्दूवादी संस्थाहरुले बहुदलीय व्यवस्थाका विरुद्धमा २०१७ सालमा पनि त्यही प्रकारका गतिविधिहरु संचालन गरेको उल्लेख गर्दै केसीले जसको परिणामस्वरुप २०१७ पौष १ गतेको काण्ड भएको र त्यसका विरुद्ध नेपाली जनताले ३० वर्ष लामो संघर्ष गर्नु परेको विज्ञप्तिमा जनाएका छन् । यस्तै २०४६ सालपछि प्राप्त बहुदलीय व्यवस्थालाई समाप्त पार्न राजावादीहरुले गतिविधि बढाएको र ०५९ माघ १९ गते शाहीकाल घोषणा भएको पनि केसीले स्मरण गरेका छन् । 
त्यस प्रकारको पृष्ठभूमिमा विभिन्न व्यानरमा राजावादीहरुको अहिले देशमा बढिरहेको गतिविधिलाई हल्कारुपमा लिनु अदूरदर्शीता हुने उल्लेख गर्दै केसीले अन्यथा पौष १ गते र माघ १९ गतेका नियति दोहोरिन सक्ने चेतावनी दिएका छन् । 

वर्तमान सरकारका गलत, जनविरोधी भ्रष्ट नीति तथा क्रियाकलापहरुबाट जनतामा सरकारप्रति पैदा भएको असन्तोष र अविश्वासबाट अहिले राजावादीहरुलाई आफ्ना गतिविधिहरु अगाडि बढाउन मद्दत पुगिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप