मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सुनका गहना लुटपाट गरेको अभियोगमा पक्राउ

बिहीबार, १८ मङ्सिर २०७७, १२ : २५
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ वर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

 काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी लुटेरा फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरुलाई उक्त गरगहना सहित फेला पारी पक्राउ गरेको हो । 
     
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप