बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

बिहीबार, १८ मङ्सिर २०७७, १२ : २१
बिहीबार, १८ मङ्सिर २०७७

आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा गोरखाको सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप