शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शरदराजले ल्याए ‘तिमिलाई नै माया..’

बिहीबार, १८ मङ्सिर २०७७, ११ : ४९
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । गीतकार शरदराज मैनालीको शब्द तथा स्वर रहेको नयाँ गीत ‘तिमिलाई नै माया..’ सार्वजनिक भएको छ । गीतमा शरदलाई निसान भट्टराई र विवेक आचार्यले स्वरमासाथ दिएका छन् ।

लोकपपमा रोमान्टिक शैलीले तयार परिएको गीतको भिडियोमा तीन प्रेम जोडीको ट्रयाङ्गल लभस्टोरी कथाको रुपमा प्रस्तुत गरिएको छ ।

चागुनारायणको त्रिसुलडाडा आसपासका स्थानमा छायाँकन भएको भिडियोमा गीतकार शरदका अलवा स्वेता क्षेत्री, विवेक आचार्य, शिखा घिमिरे, पुरुसोतम अचार्य, सपना पाण्डेको अभिनय देख्न सकिन्छ । 

सौरभ न्यौपानेले निर्देशन गरेको भिडियोमा छायाँकन रबिन श्रेष्ठ र सम्पादन टेकेन्द्रको रहेको छ । भिडियो निर्माण सुएस भट्टराइले गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप