
च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बन्दै स्टेफनीले रचिन् इतिहास

फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले बुधबार यूईएफए च्याम्पियन्स लिगको खेलमा रेफ्रीको भूमिका निभाउँदै नयाँ इतिहास रचेकी छिन् । पुरुष खेलाडीहरुको यस प्रतियोगितामा रेफ्रीको भूमिका निभाउने उनी पहिलो महिला रेफ्री हुन् ।
३६ वर्षीया रेफ्रीले समूह जी अन्तरगत युभेन्टस र डाइनामो किएभविरुद्धको खेलको नेतृत्व गरेकी थिइन् । खेलमा युभेन्टसले ३–० को जीत हासिल गरेको थियो ।
स्टेफनीले शीर्ष तहको पुरुष खेलको नेतृत्व लिएको यो पहिलो पटक भने होइन । यसअघि उनले लिभरपुल र चल्सीबीच सन् २०१९ को सेप्टेम्बरमा भएको यूईएफए सुपरकपको खेल पनि खेलाएकी थिइन् ।
त्यसको एक महिनाअघि उनले अमेरिका र नेदरल्याण्डबीच महिला विश्वकप फुटबलको फाइनल खेल अफिसिएट गरेकी थिइन् ।
गत वर्षको अप्रिलमा उनले फ्रेन्च लिग वानको खेल पनि खेलाएकी थिइन् भने अक्टोबरमा लेस्टर सिटी र जोर्या लुहान्सकबीचको खेलमा रेफ्री बनेकी थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ