मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

छिटो विवाह, भविष्य र धनसम्बन्धि समस्याका लागि बिहीबार गर्नुस् यी विशेष उपाय

बिहीबार, १८ मङ्सिर २०७७, १० : ४०
बिहीबार, १८ मङ्सिर २०७७

एजेन्सी – वैवाहिक सम्बन्धमा समस्या, रोजगारीमा समस्या र धनसम्बन्धि समस्यामा बिहीबार केही विशेष उपाय गरेर यस्ता समस्याबाट छुटकारा पाउन सकिने ज्योतिषशास्त्रमा उल्लेख छ । 

बिहीबार भगवान विष्णुको उपासना गर्ने गरिन्छ । बिहीबार बिधिपूर्वक भगवान विष्णुको उपासना गर्दा करियर नबन्ने, प्रमोशन नहुने, वैवाहिक सम्बन्धमा मनमुटाव हुने जस्ता समस्या आउँछ । 

छिटो विवाह
१. छिटो विवाह होस् भन्ने चाहाना भएकाहरुले बिहीबार विष्णु भगवानको पूजाआराधना गर्नुपर्छ । यसका लागि बिहीबार व्रत बस्ने गर्नुपर्छ ।

२. बिहीबार व्रत बसेको समयमा पहेँलो कपडा लगाउने, पहेँलो खानेकुराको भोग लगाउने, आफू पनि पहेँलो रङको खाना खाने गर्नुपर्छ । लड्डु, बेसको रोटी आदि यस दिनका लागि शुभ मानिन्छ ।

३. बृहस्पति देवको १०८ पटक नाम उच्चारण गर्ने गर्दा विवाहमा आउने सबै रुकावटहरुबाट छुटकारा मिल्छ । 

धनसम्बन्धी समस्यामा
सामान्यतयाः कपाल नधुने, हातगोडाका नङ नकाट्ने गर्दा भगवान हरि प्रसन्न हुने विश्वास गरिन्छ ।

प्रमोशनको लागि 
लामो समयसम्म एउटै कार्यालयमा काम गरेको भए पनि मेहेनतले प्रमोशन भएको छैन । भने बिहीबार पहेँलो बस्तु दान गर्नुस् । पहेँलो मिठाई, पहेँलो दाल वा पहेँलो रङको फल वा बस्त्रजस्ता चीजहरु दान गर्नुपर्छ । 

साथै, लक्ष्मीको पनि पूजा आराधना गर्ने गर्नुपर्छ । यसका लागि लक्ष्मीको पूजा गर्ने, पहेँलो चीजको भोग लगाउने र अफिसमा पहेँलो बस्तुको प्रयोग धेरै गर्ने गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप