मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपीको ब्याचका १४ जना एसएसपीहरु डिआईजी बन्ने प्रतिस्पर्धामा

जुनियर अधिकृत एआईजीमा सिफारिस, निरीह आईजीपी, पङ्गु भयो आचारसंहिता !
बिहीबार, १८ मङ्सिर २०७७, १० : ३०
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौँ । शैलेश थापा क्षेत्री २३ असारमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भए । तर, क्षेत्रीसँगै प्रहरी सेवामा प्रवेश गरेका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डिआईजी) बन्ने प्रतिस्पर्धामा छन् । विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेसँगै गृह मन्त्रालयले डिआईजीमा बढुवाको तयारी थालेको छ । गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार मन्त्रिपारिषद्ले पोखरेलको सिफारिस सदर गरेसँगै डिआईजीमा बढुवा सिफारिस गरिन्छ ।

काँधमा डिआईजीको फुली लाउन पाउने आकांक्षामा प्रहरी महानिरीक्षक शैलेशकै ब्याचका १४ जना प्रहरी बरिष्ठ उपरीक्षकरु छन् । क्षेत्रिको ब्याचका गणेश ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण, डा. देव बहादुर बोहरा, प्रकाश अधिकारी, सौरभ राणा, रामकृपाल शाह र उमेश रञ्जितकार डिआईजीको प्रतिस्पर्धामा छन् ।

महानिरीक्षक क्षेत्रीकै ब्याचका ०४९ वैशाख १९ मा सेवा प्रवेश गरेर बढुवामा पछि पारिएका देव बहादुर बोगटी, राजेन्द्र प्रसाद चौधरी, शेखर कोईराला, प्रदीपकुमार श्रेष्ठ र किशोर कुमार दाहाल पनि डिआईजीका आकांक्षी हुन् ।

९ डिआईजी पद मात्रै रिक्त छ । सो पदमा पुग्न महानिरीक्षक क्षेत्रीको ब्याचाका बाहेक पछिल्ला दुई ब्याचाका अधिकृत पनि प्रतिस्पर्धामा छन् । पछिल्लो व्याच ५ चैत २०५१ मा निरीक्षकमा प्रहरीमा प्रवेश गरेका कत्तिपय अधिकृत वरिष्ठ उपरीक्षकमा क्षेत्रीको ब्याचीभन्दा वरियतामा माथि छन् ।

११ चैत २०४९ मा सेवा प्रवेश गरेका अधिकृत चाहिँ क्षेत्रीको वैकल्पिक टोली हुन् । सो टोलीबाट दिवेश लोहनी, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह र विक्रमबहादुर चन्द प्रतिस्पर्धामा छन् । सो ब्याचका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री र मसाउद आलम खाँ पनि डिआईजीका आकांक्षी हुन् ।

५ चैत ०५१ मा इन्सपेक्टरमा सेवा प्रवेश गरेको टोलीचाहिँ अहिलेको प्रतिस्पर्धी मध्येको कान्छो टोली हो । अबको करिब २७ महिनापछि प्रहरीको नेतृत्वमा पुग्ने सो टोलीबाट केही उम्दा अधिकृत डिआईजीको प्रतिस्पर्धामा छन् । जो, क्षेत्रीकै ब्याचका एसएसपीभन्दा बरियतामा माथि पुगिसकेका छन् ।

०५१ मा भर्ना भएको टोलीबाट दीपक थापा, सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेश जोशी, किरण बज्राचार्य, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल डिआईजीको प्रतिस्पर्धामा छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख रहेका दीपक थापाले उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरेका छन् । भीमप्रसाद ढकालले महानगरीय ट्राफिक महाशामा बस्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेका थिए ।

‘विगतदेखि यस्ता गतिविधि भइरहेका छन्,’ पूर्वएआईजी भण्डारी भन्छन्, ‘क्याविनेटको प्रशासनिक समितिले पहिले आवश्यक नदेखेको कुरा फेरि आवश्यक देख्नु दुरासयपूर्ण छ, गृहमन्त्रीले प्रस्ताव नै नगरेको विषयमा निर्णय हुन्छ भने नैतिकताका आधारमा उहाँले राजीनामा दिनुपर्छ ।’

जुनियरलाई एआईजीमा सिफारिस

सिनियर टिमका अधिकृत डिआईजी र एसएसपी नै छन् । तर, सरकारले जुनियर ब्याचका विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिसकेको छ ।

उप–प्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना भाइ नाता पर्ने विश्वराजलाई हस्तक्षेप गरेर अतिरिक्त महानिरीक्षकमा बढुवा गराएको भन्दै आलोचना भएको छ ।

मंसिर १५ मा गृह मन्त्रालयमा बसेको बढुवा समितीले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेसँगै उनले क्षेत्रीपछिको प्रहरी प्रमुखको दाबी पक्का गरेका छन् । अबको करिब १७ महिनापछि पोखरेल २९ औँ आईजीपी बन्नेछन् ।

उप–प्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना भाइ नाता पर्ने विश्वराजलाई हस्तक्षेप गरेर अतिरिक्त महानिरीक्षकमा बढुवा गराएको भन्दै आलोचना भएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले ‘नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएण्डएम) मार्फत ५ जना डिआईजी थप्नुपर्ने प्रस्ताव गरेको थियो । अतिरिक्त महानिरीक्षकको दरबन्दी सिर्जना गर्ने प्रस्ताव थिएन । तर, मन्त्रिपरिषद्को प्रशासनिक समितिका प्रमुख ईश्वर पोखरेलले प्रधानमन्त्रीलाई दबाब दिएर डिआईजीसँगै आफ्ना भाइका लागी एआईजीको पद पनि थपे । सो कुरा प्रहरी महानिरीक्षक क्षेत्रीले मंसिर ३ मा गृह मन्त्रालयमा पत्र पुगेको कुरा सञ्चारमाध्यम मार्फत चुहिएपछि मात्र थाहा पाए ।

पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल समूहका विश्वराज प्रहरी उपरीक्षकसम्म आफ्नो व्याचमा पछाडी थिए । उनका ब्याचीहरु धिरजप्रताप सिंह, उत्तम सुवेदी र दिवेश लोहनी उम्दा अधिकृत थिए । तर, प्रहरी वरिष्ठ उपरीक्षक हुँदा एक नम्बर वरियतामा आएपछि विश्वराजले अस्वभाविक फड्को हान्न थाले । अहिले, दिवेश लोहनी डिआईजीको दौडमा हुँदा उनीचाहिँ एआईजी सिफारिस भैसकेका छन् ।

प्रहरीको माथिल्लो पदमा नेतृत्व गर्ने क्षमता, संगठन हाँक्न सक्ने गतिशीलता र इमान्दार अधिकृत चाहिने बताउँछन् पूर्व  गृह–सचिव श्रीकान्त रेग्मी । ‘प्रतिस्पर्धा गर्न दियो भने सबै कुरा निखारिएर आउँछ तर, प्रतिस्पर्धा गर्न नदिँदा योग्य मान्छेलाई बढुवा गरेपनि शंका गर्ने ठाउँ हुन्छ,’ पूर्व गृहसचिव रेग्मीले रातोपाटीसँग भने, ‘प्रतिस्पर्धा हुन नदिँदा कार्यकुशलता नभए कमजोर मान्छे पनि बढुवा हुन सक्छन् जसका कारण संगठन नै कमजोर हुन्छ ।’

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्रिपरिषद्लाई छलेर कार्तिक २७ को मन्त्रिपरिषद्को निर्णयको पुछारमा निमित्त मुख्य सचिव मार्फत सो निर्णय थपिएको थियो । सो निर्णय अधिकांश मन्त्रीहरुले थाहा पाएनन् ।

ईश्वरले आगामी चुनाव जित्न र जिताउन आफ्ना भाइलाई प्रहरी महानिरीक्षक पक्का गराएको राजनीतिक वृतमा चर्चा छ । तर, ‘विश्वराज गुट’ बाहेकका अधिकांश सुरक्षा अधिकारीहरु सो निर्णय प्रति असन्तुष्ट छन् । जुनियरलाई एआईजी बढुवा सिफारिस गर्ने निर्णयले फौजको ‘चेन अफ कमाण्ड’ तोडिने जानकारहरु बताउँछन् ।

सत्तामा बस्नेहरुले आफ्ना मान्छेलाई पद दिलाउन दरबन्दी घटबढ गराउने कुरा ‘आम प्रवृत्ति’ भएको बताउँछन् पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी । ‘विगतदेखि यस्ता गतिविधि भइरहेका छन्,’ पूर्वएआईजी भण्डारी भन्छन्, ‘क्याविनेटको प्रशासनिक समितिले पहिले आवश्यक नदेखेको कुरा फेरि आवश्यक देख्नु दुरासयपूर्ण छ, गृहमन्त्रीले प्रस्ताव नै नगरेको विषयमा निर्णय हुन्छ भने नैतिकताका आधारमा उहाँले राजीनामा दिनुपर्छ ।’

पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल समूहका विश्वराज प्रहरी उपरीक्षकसम्म आफ्नो व्याचमा पछाडी थिए । उनका ब्याचीहरु धिरजप्रताप सिंह, उत्तम सुवेदी र दिवेश लोहनी उम्दा अधिकृत थिए । तर, प्रहरी वरिष्ठ उपरीक्षक हुँदा एक नम्बर वरियतामा आएपछि विश्वराजले अस्वभाविक फड्को हान्न थाले । अहिले, दिवेश लोहनी डिआईजीको दौडमा हुँदा उनीचाहिँ एआईजी सिफारिस भैसकेका छन् ।

आफ्नो ब्याचका प्रधुम्न कार्कीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा विश्वराज पोखरेलले रोक्न खोज्दा महानिरीक्षक क्षेत्रीले रोकेका थिए । तर, पछिल्लो बढुवा सिफारिसमा उनले कुनै अडान लिएनन् । गृह–सचिव महेश्वर न्यौपानेले जे–जे भने क्षेत्रीले उनकै ‘रबर स्ट्याम्प’ जसरी काम गरे ।

निरीह आईजीपी, पङ्गु भयो आचारसंहिता !

आईजीपी शैलेश थापा क्षेत्रीले मिसनमा जाने प्रहरीका लागी ‘जेष्ठता’ र सरुवामा ‘एक वर्षे’ नियम कडाईपूर्वक लागु गरेर संगठन सुधारको प्रयास गरे । तर, राजनीतिक दबाबका उनी सामु निरीह बनेका छन् ।

आफ्नो ब्याचका प्रधुम्न कार्कीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा विश्वराज पोखरेलले रोक्न खोज्दा महानिरीक्षक क्षेत्रीले रोकेका थिए । तर, पछिल्लो बढुवा सिफारिसमा उनले कुनै अडान लिएनन् । गृह–सचिव महेश्वर न्यौपानेले जे–जे भने क्षेत्रीले उनकै ‘रबर स्ट्याम्प’ जसरी काम गरे ।

भदौ ३० मा शैलेश थापाले नयाँ आचारसंहिता जारी गरे । आचारसंहितासम्बन्धी कार्यादेश–०७७ तथा नेपाल प्रहरी कार्ययोजना–०७७ अक्षरस कार्यान्वयन गर्न देशभरका प्रहरी युनिटमा प्रशिक्षण चलाइएको छ ।

आचारसंहिताको एउटा बुँदामा भनिएको छ–‘नेपाल प्रहरीका कुनै पनि अधिकारीले आफ्नो व्यक्तिगत फाइदाका लागी शक्ति केन्द्रमा लविङ गर्न र प्रहरी प्रमुखको अनुमतीबिना नेता र मन्त्री भेट्न नपाउने ।’

विश्वराज पोखरेलले खुलेआम शक्तिकेन्द्रबाट आफनो बढुवाको लागी दबाब दिए । उप–प्रधानमन्त्री पोखरेल दाहिना भएपछि घण्टौं गृह–सचिवसँग भेट्न थाले । आईजीपी क्षेत्री त्यसबारे जानकार थिए । तर, उनले विश्वराजमाथि आचारसंहिता पालना नगरेकोमा औँला उठाउन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप