गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लाग्यो

लामो विवादपछि गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको छ ।
बुधबार साझ इस्मा गाउँपालिकाका जनप्रतिनिधिहरुको दुई तिहाई बहुमतले सो गाउँपालिका वडा नम्बर–५ को रातापोखरादेखि वडा नम्बर ३ को फेदिफाट हुँदा माटाखानी सम्म केन्द्रको टुङ्गो लगाएका हुन् ।
गाउँपालिका अध्यक्ष बाहेक कुल २९ मत रहेकोमा २१ मत त्यहाँ केन्द्र राख्ने पक्षमा परेको र ८ मत विपक्षमा परेको थियो ।
सुरुमा जिल्ला स्तरीय सम्यन्त्रले तोकेको चापटारी केन्द्र गाउँबासीबीच विवाद बढेपछि अस्थायी केन्द्र तोक्न समस्या भएको थियो ।
बुधबार बसेको गाउँसभाले चापटारी भन्दा डेढ किलो मिटरमाथि र हालको अस्थायी केन्द्र दोबाटादेखि एक किलो मिटर तल रातापोखरामा जनप्रतिनिधिहरुको बहुमतले केन्द्र तोकेको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिए ।
केन्द्र तोकिएको खुशियालीमा आज इस्मामा सार्वजनिक बिदा दिइएको छ र बिजय उत्सव मनाइने अध्यक्ष बिष्टले बताए ।
श्रोतका अनुसार त्यस गाउँपालिकामा नेपाली काँग्रेसको वडा नम्बर १ मा जम्मा ५ मत छन् । त्यस वडाका ५ मत र वडा नम्बर २ का नेकपा बाट विजयी जनप्रतिनिधिका ३ मतसहित ८ मत विपक्षमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म