सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते

महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना हुँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।
राति तीव्र गतिमा हाँकिएको प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गौशाला–८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।
घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको प्रहरीले जनाएको छ ।
कम चौडाइ भएको सडकको चारतिर (बर्दिबास, सम्सी, इटाटार र रजखोर) तर्फको सडकबाटो छुट्टिने सो चौरस्ता चोकमा यसअघि पनि बाक्लै दुर्घटना हुँदै आएको छ । राति तीव्र गतिमा हाँकिएको मोटरसाइकल एकतिर मोड्ने क्रममा नियन्त्रण गुमेर पार्कमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक पाचेले मोटरसाइकल हाँकेको र बलम्पाकी पछाडिको सिटमा बसेका बुझिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संघ संस्थामाथिको हमला लोकतन्त्र माथिको हमला’
-
‘निजीकरण (पहिलो संशोधन) विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु, १ सयभन्दा घाइते
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति
-
हरिवंशले सुरु गरे ‘हरिबहादुरको जुत्ता’को डबिङ