शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको करियरको ७५० औँ गोलमा युभेन्टस विजयी

बिहीबार, १८ मङ्सिर २०७७, ०८ : ०७
बिहीबार, १८ मङ्सिर २०७७

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ७५० औँ गोल गर्दा युभेन्टसले डाइनामो किएभमाथि ३–० को सहज जीत हासिल गरेको छ । खेलमा युभेन्टसले फेडेरिको चिएसाको गोलको मद्दतले अग्रता लिएको थियो । एलेक्स सान्ड्रोको क्रसमा हेडमार्फत गोल गर्दै चिएसाले गोल गरे ।

दोस्रो हाफमा रोनाल्डोले इटालियन च्याम्पियनका लागि दोस्रो गोल गरे । अल्भारो मोराटोको प्रहार रिबाउन्ड भएर आएपछि रोनाल्डोले त्यसलाई सहजै गोलमा परिणत गरे । रोनाल्डोले आफ्नो करियरमा रियलका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि १०२, युभेन्टसका लागि ७५ र स्पोर्टिङ लिस्बनका लागि ५ गोल गरेका छन् ।

६६ औँ मिनेटमा मोराटाले यो सिजन च्याम्पियन्स लिगमा छैटौँ गोल गर्दै युभेलाई सहज जीत दिलाए ।

युभेन्टस यसअघि नै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरिसकेको छ । अब समूह जीको शीर्ष स्थानमा को रहने भन्ने निश्चित गर्न समूह चरणको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनाको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप