शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंगापुरका मानिसहरु अब कुखुरा नमारिकनै खान सक्नेछन् मासु

बिहीबार, १८ मङ्सिर २०७७, ०७ : ४४
बिहीबार, १८ मङ्सिर २०७७

सिंगापुरका मानिसहरु अब त्यस्तो मासु खान सक्नेछन् जसका लागि जनावर मानुपर्ने छैन । यसलाई ‘क्लिन मिट’ नाम दिइएको छ । सिंगापुरले यसको मञ्जुरी दिएको छ र यो मामिलामा यो पहिलो देश बनेको छ । 

सिंगापुरको यो निर्णयपछि फ्रान्सिस्कोस्थित ‘इट जस्ट स्टार्टअप’ का लागि बाटो सफा भएको छ । 

यो कम्पनीले प्रयोगशालामा कुखुराको मासु तयार गरेर बेच्न तयारी गरिरहेको छ । सुरुमा यी मासु नगेट्सको रुपमा पाइनेछ तर कम्पनीले यो कहिलेदेखि उपलब्ध हुन्छ भनेर जानकारी भने दिएको छैन । स्वास्थ्य, पर्यावरण र जनावरको चिन्ताका कारण जनावरको मासुको विकल्पको माग बढिरहेको छ । 

फाइनेन्सियल सर्भिस कम्पनी बार्कलीका अनुसार वैकल्पिक मासुको बजार अर्को दशकमा १४० अर्ब डलरको हुनसक्छ । अर्थात्, यो १.४ ट्रिलियन डलरको मासु उद्योगको १० प्रतिशत हिस्सा हुनेछ । सुपरमार्केट र रेष्टुरेन्टको मेन्यूमा बिअन्ड मिटका साथै असम्भव खाना जस्तै ‘प्लान्ट बेस्ट मिट’ उत्पादकको मासुको माग बढेको छ ।

पलान्ट बेस्ड मिट त्यस्ता मासुलाई भनिन्छ जसलाई बनाइन्छ । यो मासु जस्तै हुन्छ र स्वाद पनि त्यस्तै हुन्छ । यो बर्गर प्याटी, नगेट्स, टुक्राको रुपमा पाइन्छ । तर ईट जस्टको उत्पादन भिन्न छ किनभने यो प्लान्ट बेस्ड होइन । यो मासु जनावरको मांसपेशीको कोसिकाबाट प्रयोगशालामा तयार गरिनेछ । 

महत्वपूर्ण खोजः

कम्पनीका अनुसार विश्वव्यापी खाद्य उद्योगका लागि यो एक महत्वपूर्ण खोज हो र उसलाई आशा छ कि अन्य देशले पनि सिंगापुरजस्तै मञ्जुरी दिनेछ । 

पछिल्लो दशकमा दर्जनौं स्टार्टअप्सको तर्फबाट बजारमा सम्बर्धित मासु ल्याउने कोसिस गरिएको छ । र उनीहरुलाई आशा छ कि पारम्परिक मासु खाने व्यक्तिलाई उनीहरुले आफ्नो उत्पादन बढी असली छ भनेर गरिएको दाबी माथि विश्वास दिलाउन सक्नेछन् । 

इजराइलस्थित फ्यूचर मिट टेक्नोलोजी र बिल गेट्ससँग सम्बन्धि जोडिएको कम्पनी मेमफिश मिट्स पनि प्रयोगशालामा बनेको मासु बजारमा भित्र्याउने कोसिस गरिरहेका छन् । उनीहरुका अनुसार यस्ता उत्पादन मानिसहरुको गोजीका लागि भारी नपर्ने र स्वादको मामिलामा पनि अब्बल हुनेछ । सिंगापुरको कम्पनी शिओक मिट्स प्रयोगशालामा जनावरको मासु बनाउन काम गरिरहेको छ । 

थुप्रै मानिसहरुले यसले पर्यावरणमा फाइदा पुर्याउने बताएका छन् तर केही वैज्ञानिकले भने विशेष परिस्थितीमा यो जलवायु परिवर्तनका लागि घातक हुने बताएका छन् । 

चुनौती अझै बाँकी छः

बीबीसी न्यूज सिंगापुरकी मारिको ओईका अनुसार ईट जस्टले यो खानाले यस्ता उत्पादनका लागि विभिन्न आयाम खोलिदिने  बताएको छ । तर चुनौती अझै पनि बाँकी छ । प्लान्ट बेस्ट मासु उत्पादनको तुलनामा प्रयोगशालामा तयार गरिएको मासु असाध्यै महँगो हुनेछ । इट जस्टले पहिले नै भनेको थियो कि ल्याबमा तयार गरिएको चिकन नगेट्स ५० डलरमा पाइनेछ ।

कम्पनीको उत्पादनमाथि उपभोक्ताको कस्ता प्रतिक्रिया आउँछन् भन्ने दोस्रो चुनौती पनि छ ।

तर ईट जस्टका उत्पादनको विषयमा सिंगापुरको मञ्जुरी पश्चात् अन्य खोलाडी पनि अगाडि सर्नेछन् र आफ्नो काम सुरु गर्नेछन् । यसका साथै अन्य देश पनि यसलाई मञ्जुरी दिनेबारे विचार गर्न सक्छन् । – बीबीसी      


 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप