शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेध गरिएका सेवा अझै १५ दिन चलाउन नपाइने

बिहीबार, १८ मङ्सिर २०७७, ०७ : ३१
बिहीबार, १८ मङ्सिर २०७७

 

स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका सेवा तथा व्यवसाय  अझै  १५  दिन  यथावत्  सञ्‍चालन  गर्न  नहुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनसम्म यसअघिको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने र आउँदो १५ दिनको सङक्रमण अवस्था हेरेर थप  निर्णय  गरिने  बताए  । 

उनले  अझै  १५  दिन बन्द रहने सेवामा सिनेमा हल तथा रात्रिकालीन व्यवसाय  रहेको  बताए  ।  धेरै  मानिस  जम्मा  हुने स्थान र जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने सेवा तथा व्यवसाय अझै १५ दिनसम्म बन्द गर्नुपर्ने उनले बताए । प्रवक्ता गौतमका अनुसार सभा, सम्मेलन, जुलुस, धर्ना, घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । विद्यालय खोल्ने हकमा थोरै विद्यार्थी भएका ठाउँबाट स्थानीय तहबाट स्वीकृति लिई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेछ ।

यसका लागि स्वास्थ्य सेवा विभाग सँगको समन्वयमा निर्णय गरी सीसीएमसीलाई पठाउने  निर्णय  स्वास्थ्य  मन्त्रालयले  गरेको  प्रवक्ता  गौतमले बताए । डा. गौतमले अझै १५ दिन नखोल्न भनिएका सेवा तथा व्यवसायलाई कडाइसाथ बन्द गरी निर्देशन पालना गर्न आग्रह गरे ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप