
अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्ने इन्टरपोलको चेतावनी

एजेन्सी । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोलले) अपराधीहरुले कोरोना भ्याक्सिनलाई निशानामा बनाउन सक्ने चेतावनी दिएको छ । प्रहरीको सो संगठनले आपराधिक गिरोहले कोरोना भ्याक्सिन र औषधि वितरणका क्रममा आपराधिक गिरोहको घुसपैठ हुनसक्ने भन्दै चेतावनी दिएको हो ।
फ्रान्सस्थित इन्टरपोलको मुख्यालयले आफ्नो संगठनमा आवद्ध विश्वका १ सय ९४ राष्ट्रहरुलाई यो विषयमा सतर्क रहन आग्रह गरेको छ । इन्टरपोलका महासचिव जुर्गन स्टांफले भने– ‘आपराधिक नेटवर्कले निर्दोष मानिसहरुलाई फसाउनका लागि नक्कली वेभसाइट र झुट्टा उपचारहरुमा फसाउन सक्छन् । यसबा निकै ठूलो खतरा हुनसक्छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ