
भाइरल भएको भारतीय किसान आन्दोलनको एउटा तस्बिर

एजेन्सी । भारतमा यसबेला किसानहरु आन्दोलनको अग्रमोर्चामा लडिरहेका छन् । प्रदर्शनमा ओर्लिएका किसानहरुले नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको हलिया कानुन खारजको माग गरिरहेका छन् । उनीहरुले सो कानूनलाई किसान विरोधीको संज्ञा दिइरहेका छन् । सो कानून खारेजको माग गर्दैै अहिले भारत विशेषगरी पञ्जावका हज्जारौं किसानहरुले राजधानी नयाँ दिल्लीको सीमामा प्रदर्शन गरिरहेका छन् ।
किसानहरुको आन्दोलन दबाउन मोदी सरकारले ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल तैनाथ गरेको छ । यसैक्रममा सो प्रदर्शनमा देखिएको एउटा तस्बिर अहिले संसारभर भाइरल भैरहेको छ । उक्त तस्बिरमा एक शिख मुलका वृद्धमाथि प्रहरीले लाठी बर्साइरहेको दृष्य देख्न सकिन्छ । उक्त दृष्य गत शुक्रबार सिंघु बोर्डरमा देखिएको दृष्य हो ।
एक वृद्धमाथि प्रहरीले लाठी बर्साएको सो दृष्यको अहिले संसारभर आलोचना भैरहेको छ । मोदी सरकारविरुद्ध त्यहाँको प्रतिपक्षी दल लगायतका राजनीतिक पार्टीहरुले सरकारको चर्को आलोचना गरिरहेका छन् । उक्त तस्बिर समाचार एजेन्सी पिटीआईका रवि चौधरीले खिचेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ