बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेता पौडेलको गिरफ्तारीप्रति काँग्रेस संसदीय दलको गम्भीर आपत्ति

बुधबार, १७ मङ्सिर २०७७, २२ : ३७
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले बुधबार तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य नेता तथा कार्यकर्तामाथि भएको प्रहरी दमन, दुव्र्यवहार तथा गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ष्ण खाणले एक विज्ञप्ति जारी गर्र्दै काँग्रेस जस्तो प्रमुख एवं जिम्मेवार पार्टीको शीर्ष नेतालाई नियन्त्रणमा लिन निर्देशन गर्ने सरकारको निरङ्कुश एवं अनैतिक कार्य अत्यन्त निन्दनीय एवं खेदजनक भएको बताए ।

सरकारको यस किसिमको अधिनायकवादी कदमको नेपाली काँग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ । साथै सरकारलाई यस्ता गैरजिम्मेवार र अलोकतान्त्रिक कार्यहरु नगर्न र नगराउन चेतावनी दिन चाहान्छ विज्ञप्तिमा भनिएको छ ।

घटनामा प्रहरीद्वारा लाठीचार्ज हुँदा करिब आधा दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएको  खाणले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । 

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोधसभा आयोजना गरेको थियो । 

दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । 

निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ रिहा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप