
ADVERTISEMENT
रुसी राष्ट्रपति पुटिनले दिए कोरोना खोप प्रयोग गर्न निर्देशन

file photo
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार राष्ट्रपति पुटिनले सो निर्देशन दिएका हुन् । रुसी सञ्चारमाध्यामहरुका अनुसार त्यहाँ कोरोना खोप निःशुल्क रुपमा लगाइने तयारी गरिएको छ ।
पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । गत अगष्टमै रुस कोरोना विरुद्धको खोप दर्ता गराउने विश्वकै पहिलो राष्ट्र बनेको थियो । रुसमा बनेको सो खोपको नाम स्पुटनिक–५ दिइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ