शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ११७  कोरोना सङ्क्रमित थप

बुधबार, १७ मङ्सिर २०७७, २१ : ५१
बुधबार, १७ मङ्सिर २०७७

गण्डकी प्रदेशमा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८ वर्षीया महिला र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका– १४ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १६२ पुगेको छ । आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३५ जना छन् । त्यस्तै लमजुङका २५, तनहुँका २३, गोरखाका १७, वाग्लुङका १०, पर्वतका तीन, स्याङ्जाका दुई तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) र मुस्ताङका एकएक जना रहेको निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप