मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिने

बुधबार, १७ मङ्सिर २०७७, २० : ५१
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौँ । रातोपाटीकर्मी एवं रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । ११ गते शनिबार राजधानीमा आयोजना हुने “नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” को अवार्ड वितरण समारोहमा रंगपत्रकार गिरीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले जानकारी दिए ।

गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

संयोजकका अनुसार निर्णायकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिने र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिनेछ ।

ग्लोवल अनलाईन पेको वेवसाईटमा गएर पौष १० गते सम्म आफुलाई मनपरेका कलाकार एवं श्रृजनालाई भोटगर्ने ब्यबस्था गरिएको छ । त्यस्तै नवक्षितिज साप्ताहिक काभ्रेका पत्रकार नवराज बजगाईलाई यूवा पत्रकारिता सम्मान प्रदान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप