बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोमालियाली सेनाको कारबाहीमा परी ६ लडाकु मारिए

बुधबार, १७ मङ्सिर २०७७, १९ : ४२
बुधबार, १७ मङ्सिर २०७७

एजेन्सी । सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी अल शबाबमा छ जना लडाकू मारिएका सेनाका कमाण्डरले बुधबार पुष्टि गरेका छन् । अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको विरोधमा सैनिक कारबाही शुरु भएको सोमालिया डिभिजनका कमान्डर मोहम्मद ताहिल बिहीबार बताएका छन् ।
 
सेनाले ती लडाकू समूह लुक्ने ठाउँलक्षित गरी शुरु गरेको कारबाहीको क्रममा सेना र आतंककारीबीचको भएको भीषण झडपमा परी ६ जना अल शबाबका लडाकू मारिएका ताहिल बताएका छन् । सेनाले तीन जना अल शबाब लडाकूहरूलाई पक्राउ गर्नुको साथै  उनीहरूले प्रयोग गरेका अखाडाहरूलाई ध्वस्त पारेको बताइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप