केन्द्रीय संस्करण

नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंक एक्स्टेन्सन काउण्टरहरु अझै केही समय संचालनमा रहने

person explore access_timeमंसिर १७, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग र प्रभु बैंकको समन्वयमा नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरुमा रहेको प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरु अझै केही समय संचालनमा रहने भएका छन् ।

भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका हुन् । 

सो सम्बन्धी नविकरण सम्झौतामा अर्थ मन्त्रालय भन्सार विभागका महानिर्देशक सुमन दहाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.