बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टाटा मोटर्सको ‘टाटा एचफाइभ वन डे वन्डर’, यसरी लिनुहोस् फाइदा

बुधबार, १७ मङ्सिर २०७७, १८ : ४२
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एचफाइभ (H5)गाडीमा विभिन्न अफर सहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुँदैछ । 

टाटाको एचफाइभ गाडी बुकिङ तथा प्रि(बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित आकर्षक बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस दिन एचफाइभ बुकिङ गर्ने ग्राहकहरुले तीन लाख ५० हजारसम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन ११ र एक लाख ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्न सक्नेछन् । 

साथै कम्पनीले जनाएअनुसार अर्लि बर्ड्स रेजिष्ट्रेसनअन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा  https://bit.ly/H5Offer लिंकमा गएर अनलाइनमार्फत प्रि-बुकिङ गर्ने ग्राहकहरुले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप