शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित

बुधबार, १७ मङ्सिर २०७७, १८ : ०४
बुधबार, १७ मङ्सिर २०७७

बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । डुबान क्षेत्रका जग्गाको उचित मुआब्जा नपाएको, तोकिएका मुआब्जा दिन पनि झमेला व्यहोर्नुपरेको, घर, गोठ संरचना र बोटबिरुवाको मुआब्जा नपाएको तथा आयोजना बनेपछि बस्ने ठाउँको समेत टुंगो नलागेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुन्स्थापना इकाई कार्यालयबाहिर धर्ना दिन थालेका हुन् ।

 बुधबारदेखि थालिएको धर्ना मंसिर २४ गतेसम्म जारी रहने बताइएको छ । कोरोनाभाइरसको महामारीका कारण धर्नामा २५ जनाभन्दा बढी सहभागी भएका छैनन् भने आवश्यक स्वास्थ्य सावधानी समेत अपनाइएको बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप