प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी : पौडेलको गिरफ्तारी तपाईँका लागि निकै महँगो पर्नेछ
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने चेतनावनी दिएका छन् । तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दिउँसो नियन्त्रणमा लिएको छ ।
वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएको थापाको भनाइ छ । उनले ट्वीटरमा लेखेका छन्, यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।
नेका वरिष्ठ नेता @NcPaudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। @PM_Nepal यो तपाईँका लागि निकै महँगो पर्नेछ।
— Gagan Thapa (@thapagk) December 2, 2020
प्रधानमन्त्रीलाई मेनसन गर्दै थापाले यो तपाईँका लागि निकै महँगो पर्नेछ भनेका छन् । यस्तै नेता नैनसिंह महरले पौडेलमाथि गरिएको दुव्र्यवहार खेदजनक भएको बताए । पौडेललाई नेकपाका कार्यकर्ता र नेकपा पुलिस प्रशासनले अबरोध गरेर हिरासतमा लगिएको नेता महरको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो । तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ