शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखायो : नेता नेपाली

बुधबार, १७ मङ्सिर २०७७, १७ : ३६
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । नेपाली काङ्ग्रेस संसदीय दल गण्डकीले  वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको भत्सर्ना गरेको छ । मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दिउँसो नियन्त्रणमा लिएको छ । 

दलका नेता कृष्णचन्द्र नेपालीले एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखाएको बताए । 'सत्तारुढ दलको आपसी खिचातानीले सिङ्गो सिस्टमप्रति नै वितृष्णा बढाइरहेको अवस्थामा एकदलीय कम्युनिस्ट चरित्र प्रदर्शन गर्दै प्रशासनले जुन नाङ्गो दमन गर्‍यो त्यसको घोर भत्सर्ना गर्दछु,' विज्ञप्तिमा भनिएको छ । 

आइन्दा यस्तो नगर्न चेतावनी दिँदै उनले  पक्राउ परेका नेता पौडेलको तत्काल रिहाइको माग समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप