बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बेैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

बुधबार, १७ मङ्सिर २०७७, १७ : ०५
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस कार्ड निअर फिल्ड कम्युनिकेसनमा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंक भिसा कन्ट्याक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । 

यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग अनुभव दिन खोजेको जनाएको छ । । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप