शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा नेविसंघले माइतीघरमा प्रदर्शन गर्दै

बुधबार, १७ मङ्सिर २०७७, १७ : ०२
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संठनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोमा प्रदर्शन गर्न भएको छ । नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनमा बुधबार (आज) साढे पाच बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।

नालायक, निकम्मा र भ्रष्ट सरकारको ज्यादतिका विरुद्ध प्रदर्शन गर्न लागि भएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो । तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप