शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेल पक्राउ परेपछि देउवाले भने–सर्वसत्तावादको संकेत

‘दुर्व्यवहार र गिरफ्तारी आपत्तिजनक’
बुधबार, १७ मङ्सिर २०७७, १६ : ५२
बुधबार, १७ मङ्सिर २०७७


काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीको विरोध गरेका छन् ।  बुधबार गृहजिल्ला तनहुँमा भएको प्रदर्शनका क्रममा निषेधाज्ञा उलंघनको आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

यसबारे प्रतिक्रिया जनाउँदै देउवाले घटना आपत्तिजनक एवं निन्दनीय रहेको भन्दै  सरकारको यसखालको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गरिने बताए । 


‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

देउवाले केपी ओली सरकारले सर्वसत्तावादको संकेत देखिन थालिएको टिप्पणी गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन  कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप