आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ओली बैठकमा बस्न नमान्दा स्थायी समिति प्रभावित, ओलीलाई तीन दिनको अल्टिमेटम

बुधबार, १७ मङ्सिर २०७७, २२ : ००
बुधबार, १७ मङ्सिर २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी समिति बैठक प्रभावित बनेको छ । पार्टीभित्र विवाद चर्किँदै जानु र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागिता नै जनाउन आनाकानी गरेपछि मंसिर १८ गतेका लागि तय भएको स्थायी समिति बैठक प्रभावित बनेको हो । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बुधबारको बैठकमा ओली बैठकमा सहभागी नभएको बताए । ओलीले बैठकमा सहभागिता जनाउने प्रतिबद्धता जनाएपनि अन्तिम समयमा सहभागी नभएका हुन् । उनी बैठकमा सहभागी हुने प्रतिवद्धता नै आएर बुधबार १ बजेका लागि तय भएको सचिवालय बैठक २ बजेका लागि सारिएको थियो । तर सो बैठकमा पनि ओली नआएपछि सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

आजको बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । यस्तै १८ गतेको स्थायी समिति बैठक सारेर मंसिर २१ गतेलाई तय भएको पनि श्रेष्ठले जानकारी दिए । 

ओलीले प्रचण्डले कात्तिक २८ गते ल्याएको प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् भने प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले भने ओली छलफलबाट भाग्ने गरेको आरोप लगाउँदै आएका छन् । 

ओलीलाई ३ दिनको अल्टिमेटम
बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि प्रचण्ड–माधव नेपालसहितका नेताहरुले आक्रोश पोखेका थिए । बैठकमा ओलीको हर्कतको विरोध गर्दै वरिष्ठ नेता झलनाथ खनालले उनी बैठकबाट भागेर गल्ती गरेको भन्दै अब चुप लाग्न नहुने धारणा राखेका थिए ।

उनले उनलाई ३ दिन ओलीलाई अल्टिमेटम दिने र त्यसपछि पनि बैठक छल्न खोले आवश्यक निर्णय गर्नुपर्ने धारणा राखे । सोही अनुसार ३ दिनको अल्टिमेटम दिइएको एक सचिवालय नेताले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप